Business In Nepal
Image of Kaligandaki Dam: Syangja

Image of Kaligandaki Dam: Syangja

नेपालको जलस्रोत उद्योगमा लगानी गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएन)ले नेपालमा जलविद्युत आयोजना
निर्माण गर्नका लागि पाँच अर्बको कोष खडा गरेको समाचार छ । सरकारले सन् २०१२/१३ लाई लगानी वर्षको रुपमा
घोषणा गरेको सन्दर्भमा एनआरएनले मुलुकको लोडसेडिङ घटाउन विद्युत उत्पादन गर्ने उद्देश्यले सो कोष खडा
गरिएको गैरआवासीय नेपाली संघका अध्यक्ष जिवा लामिछानेले बताउनुभएको छ । लामिछानेले सामूहिक रुपमा पहिलो
पटक १ सय मेगावाट विद्युत आयोजना निर्माण गर्न ५ अर्ब रुपैयाँ संकलन भएको जानकारी दिनुहुँदै पहिलो चरणमा १
सय मेगावाटको विद्युत आयोजना निर्माण गर्ने तयारीस्वरुप रकम संकलन गरेको बताउनुभयो ।
अध्यक्ष लामिछानेले गतसाता बाग्लुङ उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो कुराको
जानकारी दिनुभएको हो । त्यस क्रममा उहाँले विदेशबाट सीपसँगै पूँजी भित्रिएको भन्दै बाग्लुङको करलिम नि.मा.वी.
बिहुँमा गैरआवासिय सम्पर्क समिती करलिम जापानको आर्थिक सहयोग र नेपाल लाइब्रेरी फाउन्डेसनको सहयोगमा
सुरुवात गरेको इ–लाईब्रेरीको उद्‌धाटन समेत गर्नुभएको छ । लामिछानेले जलविद्युत आयोजना निर्माणका लागि
विभित्र सम्भावित आयोजनाको अध्ययन भैरहेको जानकारी दिनुहुँदै न्यूनतम २० मेगावाट माथिका चार वटासम्म
योजना सञ्चालन गर्न विभित्र परियोजनाको अध्ययन भइरहेको र एकदुई महिनामा नै आयोजना छनोट गरेर काम सुरु
गर्ने पनि बतानुभयो ।

Join us in the Forum to discuss about this post